Jun 28 2026 | २०८३, असार १४ गते
काठमाडौँ । टाटा मोटर्सका पाँचवटा नयाँ कार नेपाली बजारमा सार्वजनिक गरेका छन्। कम्पनीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले एकैपटक नेक्सनसहित टाटा टिगोर, टियागो फेसलिफ्ट, अल्ट्रोज र टाटा एच ५ नेपाली बजारमा सार्वजनिक गरेको हो। सबै सार्वजनिक भएका कारहरु बीएस ६ मापदण्डको इन्जिनमा उपलब्ध छन्। टाटा टिगोरको सुरुवाती मूल्य ३२ लाख ५० हजार रुपैयाँ र अधिकतम महंगो पर्ने अर्को भेरिएन्टको मूल्य ३९ लाख ९५ हजार रुपैयाँ छ। टियागो ह्याचव्याक विभिन्न ६ भेरियन्टमा उपलब्ध रहेका टियागोको मूल्य २८ लाखदेखि ३७ लाख १५ हजार रुपैयाँसम्म कायम गरिएको कम्पनी जनाएको छ। प्रिमियम ह्याचब्याक अल्ट्रोज एक्सएम भेरियन्टको मूल्य ३५ लाख ५० हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । कम्पनीले नेक्सनलाई ७ भेरियन्टमा उपलब्ध गराएको छ। सनरुफसहित बजारमा आएको नेक्सनको सुरुवाती मूल्य ३९ लाख ९५ हजार रहेको छ भने टप भेरियन्टको मूल्य ५२ लाख ५५ हजार रुपैयाँ तोकिएको छ।
टाटाको सबैभन्दा महंगो मोडल एच५ को बजार मूल्य भने कम्पनी टप भेरियन्टमा अधिकतम ८९ लाख ९० हजार रुपैयाँ तोकेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij