
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ९७ जना कोरोना संक्रमित थपिएका छन् । नेपालमा कोरोना सक्रमितको संख्या २ लाख ७५ हजार ८ सय ७० पुगेको ले जनाएको छ । बिहीबार ६६ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७१ हजार १ सय १६ पुगेको छ । आज नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १२ रहेको छ । मुलुकभर ९ सय ४२ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ५९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख ७ हजार ९ सय २२ पीसीआर परीक्षण भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij