Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

फोर्डको इकोस्पोर्ट एसई सार्वजनिक, मूल्य कति?

फोर्डको इकोस्पोर्ट एसई सार्वजनिक, मूल्य कति?

  • काठमाडौँ । फोर्डले नयाँ संस्करणको इकोस्पोर्ट एसई गाडी सार्वजनिक गरेको छ। जसको पेट्रोल भेरियन्टको मूल्य रु.४७ लाख ५० हजार निर्धारण गरिएको छ। फोर्ड ईकोस्पोर्ट एसई नाम दिइएको यस नयाँ भेरियन्टमा डिजाईन संकेत अमेरिकी र युरोपेली कम्प्याक्ट एसयुभ लिइएको छ र यसमा पछाडी राखिने जगेडा चक्का रहने छैन।‘ग्राहकहरू धेरै भन्दा धेरै विश्वव्यापी डिजाईन बेन्चमार्कलाई पछ्याउँदै र भिन्न एवं अद्धितिय वस्तुको चाहना राख्छन्, जस्तो कि ईकोस्पोर्ट,’ फोर्ड ईन्डियाका कार्यकारी निर्देशक विनय रैनाले भने, ‘फोर्ड ईकोस्पोर्ट एसई आरामदायी हुनुको साथै यसमा प्रयोग गरिएको अभूतपूर्व सुरक्षाको व्यवस्था र सिङ्क–३ जस्तो सबैभन्दा राम्रो प्रविधिले यसको विरासतलाई अझ उचाईमा पुर्‍याउनेछ।’

    onlinepatrika
    Arghakhachi

    नयाँ सुरुचिपूर्ण डिजाईन भएको टेलगेट, ड्युअ टोन पछाडिको बम्पर जसमा रहेको सिल्भर एप्लिकले यसको बनावटलाई झन् आकर्षक बनाएको छ। यसका अलावा यस विशेष संस्करणको इकोस्पोर्टमा बोल्ड लुक्स र ग्रील, १६ ईन्च एलोई व्हीलस्, उच्च ग्राउन्ड क्लियरेन्सको विशेषतालाई जोड दिइएको छ, जसले एसयुभी भेरियन्टलाई अझ बढावा दिने विश्वास गरिएको छ। इकोस्पोर्ट एसईमा राखिएको पन्चर किटले केही मिनेटमै टायर नझिकेरै पंचर मर्मत गर्न सकिने सुविधा प्रदान गर्ने छ। टाइटानियम इकोस्पोर्टको यस विशेष संस्करणले उच्चतम् प्रविधि र कनेक्टिभिटीको विरासतलाई अघि बढाउँदै फोर्डको प्रसिद्ध सिङ्क–३ सूचना र मनोरञ्जन प्रर्णालीलाई एप्पल कारप्ले र एन्ड्रोईड अटोसँग एकीकृत गरेको छ।

    AGNI GROUP

    नयाँ ईकोस्पोर्ट एसईमा विश्वसनीय १।५ लिटर टीआईभीसीटी पेट्रोल ईन्जिन राखिएको छ जसले यस सेग्मेन्टकै सबैभन्दा राम्रो १२२ पीएस पावर र १४९ एनएम टर्क उत्सर्जन गर्छ। डिजेल ईन्जिन ईकोस्पोर्ट एसईको छनोट गर्न चाहनेका लागि १।५ लिटर नेतृत्वदायी प्रदर्शन गर्ने टीडीसीआई उच्चस्तरीय डिजेल ईन्जिनका साथ पनि यो गाडी उपलब्ध छ। जसले १ सय पीएस पावर र २१५ एनएम टर्क उत्सर्जन गर्छ।

    भारतीय अटो क्षेत्रको नेतृत्वदायी मिडिया अटोकार ईन्डियाले २०२० को मर्मत रिपोर्टमा फोर्ड इकोस्पोर्ट मर्मत खर्चका हिसाबले एकदमै कम लागत भएको कारको सूचिमा राखेको थियो, जसलाई पनि यस गाडीको उपलब्धिको रुपमा लिन सकिन्छ। फोर्डले हालै २०२१ ईकोस्पोर्ट लाईनअप प्रस्तुत गरेको थियो, जसले यसमा निम्न अतुलनीय विशेषता रहेको उल्लेख गरिएको छ।

    चालक र यात्रुको उच्च सुरक्षाका लागि यसमा ६ वटासम्म एयरब्याग राखिएको छ। एप्पल कारप्ले र एन्ड्रोईड अटो कम्प्याटिबिलिटीलाई सिङ्क–३ सूचना प्रविधिसँग जडान गरिएको छ जुन एसई सेग्मेन्टकै उत्कृष्ट हो।

    -ईन्चको टचस्क्रीन, ईन्फोटेन्मेन्ट प्रणाली।

    -माथिल्लो भेरियन्टमा सनरुप समावेश गरिएको।

    चालक सहायता सुविधासँग सम्बन्धित स्वचालित एचआईडी हेडलैम्प, डीआरएल ९डेटाइम रनिङ लाइट्स० ईलेक्ट्रोकोमिक सिसा, वर्षाको समयमा सेन्सर वाईपर लगायत अन्य अतुलनीय सहज विशेषताहरु समावेश गरिएका छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij