Logo

Jul 03 2025 | २०८२, असार १९ गते

Jul 03 2025 | २०८२, असार १९ गते

५ हजार एमएएच ब्याट्री भएको रेड्मीको सस्तो फोन

५ हजार एमएएच ब्याट्री भएको रेड्मीको सस्तो फोन

  • काठमाडौँ । ५ हजार एमएएच ब्याट्री भएको रेड्मीको सस्तो फोन सार्वजनिक भएको छ । उत्कृष्ट कार्य क्षमता भएको शाओमीको ‘रेड्मी–९ए’ एन्ट्री लेबल स्मार्टफोन हो। यसमा दुई क्यामरा छन्। जसमा मुख्य १३ मेगापिक्सल छ भने सेल्फी ५ मेगापिक्सल छ। यी दुई लेन्सको सहायताले प्रयोगकर्ताले वाइड एंगलसट, क्लोजअप वा पोट्रेट सट लिन सक्छन्। फोनमा कम्पनीले ६.५३ इञ्चको डिस्प्ले दिएको छ। ठूलो डिस्प्ले भएकोले गेम खेल्न, मुभि हेर्न तथा अनलाइन कक्षाको लागि पनि सहज हुन्छ। ५ हजार एमएएचको धेरै ब्याट्री क्षमता भएकाले ग्राहकलाई पटक–पटक फोन चार्ज गरिरहनु पर्दैन। १० वाटको फास्ट चार्जिङ सुविधा दिइएकोले चार्ज सकिहाले पनि प्रयोगकर्ताले थोरै समयमै फुलचार्ज गर्न सक्छन्।

    images
    images
    images
    • ६.५३ इञ्च डिस्प्ले
    • ५ हजार एमएएच ब्याट्री
    • १३ मेगापिक्सल ब्याक क्यामरा
    • सेल्फी ५ मेगापिक्सल
    • १० वाटको फास्ट चार्जिङ सुविधा
    • २ जीबी र्‍याम/३२ जिबी स्टोरेज
    • मूल्य ११ हजार ५ सय

    यसमा मिडियाटेक हेलियो जी–२५, अक्टा कोर गेमिङ चिपसेट जस्ता विशेषताहरु भएकाले फोन चलाउँदा सहज अनुभव हुन्छ। तपाईंले यो २ जिबी र्‍याम र ३२ जिबी स्टोरेजमा किन्न सक्नुहुन्छ। फोन कार्वन ग्रे, ओसियन ग्रीन र स्काई ब्लु गरी तीन रङमा उपलब्ध छ। फोनको पछाडि कभरमा ग्रेडिएन्ट कलर डिजाइन गरिएको छ।

    images

    सस्तो फोन खोज्दै हुनुहुन्छ भने रेड्मीको अन्य फोन पनि विकल्पमा छन्ः रेड्मी–गो, रेड्मी–७ए र रेड्मी–८ए डुअल।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij