Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

काभ्रे उद्योग वाणिज्य संघको अध्यक्षमा पसछे विजयी

काभ्रे उद्योग वाणिज्य संघको अध्यक्षमा पसछे विजयी

  • काठमाडौँ । काभ्रे उद्योग वाणिज्य संघको ४१औँ साधारणसभा तथा अधिवेशनबाट राजेन्द्र पसछे विजयी भएका छन् । हिजो (आइतवार) सम्पन्न भएको मतदानले पसछेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । निर्वाचन समितिका संयोजक लक्ष्मीलाल राजभण्डारीले विजयी समूहको नाम सार्वजनिक गर्दै पसछेले ५४० मत ल्याएर निकटतम प्रतिस्पर्धी वसन्तनारायण भोछिभोयालाई १०१ को फरकमा विजयी हासिल गरेर विजयी भएको घोषणा गरेका हुन् । भोछिभोयाले ४३९ मत प्राप्त गरेका थिए । संघको वरिष्ठ उपाध्यक्षमा प्रताव वैद्य निर्विरोध निर्वाचन भएका थियो भने अर्का उपाध्यक्षमा ग्रोवेन तौजले ६०२ र कैलाश पलाञ्चोकले ६९८ मत प्राप्त गरी विजयी भएका छन् ।

    images
    images
    images

    संघको महासचिवमा रवीन्द्र बैदार ५९० मत प्राप्त गरी निकटतम प्रतिस्पर्धी विकास शर्मा तिमल्सिनालाई पछि पार्दै विजयी भएका हुन् । तिमल्सिनाले ३६४ मत प्राप्त गरेका थिए । सचिवमा भने यशकुमार रञ्जीत निर्विरोध निर्वाचित भएका थिए । त्यस्तै संघको कोषाध्यक्षमा रञ्जीत पलाञ्चोके विजयी भएका छन् भने सहसचिव पदमा हरि कर्माचार्य, सहकोषाध्यक्षमा सुविन्द्र राजभण्डारी, मुख्य संयोजकमा राजेशकुमार श्रेष्ठ निर्विरोध भएका थिए । सहमुख्य संयोजकमा रुसन श्रेष्ठ विजयी भएका छन् ।

    खुला सदस्यमा मानकाजी प्रधान, रामकुमार श्रेष्ठ९बि०, अमरनाथ बादे श्रेष्ठ, भीमप्रसाद आचार्य, रामकुमार श्रेष्ठ९ए०, उमेशरत्न शाक्य, दमनकुमार श्रेष्ठ, रवि तौजले, रोहितकुमार श्रेष्ठ र श्यामकुमार भालु मुनाल विजयी भएका छन् । महिला सदस्य इन्द्रलक्ष्मी श्रेष्ठ, कुमुदा वैद्य, क्षेत्रगत श्रीकृष्ण थापा, सुरेन्द्र सुद्धकार, सुमन चौप्रधान, विकासकुमार श्रेष्ठ र एशोसियटतर्फ साजन शाक्य निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक राजभण्डारीले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij