Jun 28 2026 | २०८३, असार १४ गते
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा छापा मारेको छ । अख्तियारले आइतबार बेलुका त्रिभुवन विमानस्थल भन्सार कार्यालयको मुल गेटबाट भन्सार कार्यालयमा विचाराधिन रहेको मुद्धामा पक्राउ परेका निवेदकको श्रीमानलाई छुटाईदिने काम गरिदिए वापत घुस लिई बिचौलियाको काम गर्ने प्रहरीलाई घुससहित रंगेहात पक्राउ गरेको हो ।
घुस लिई बिचौलियाको काम गर्ने बानेश्वर बृतका हवल्दार तारा कुमारी श्रेष्ठ र अर्का एक सहयोगी अनिश जोशीलाई ११ लाख घुससहित रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ । सहयोगीका रुपमा काम गर्ने जोशि रेष्टुरेन्ट व्यवसायी चावहिल घर भएका व्यक्ति हुन्
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij