Jun 28 2026 | २०८३, असार १४ गते
काठमाडौं । यस दिन बजार ०–८६ प्रतिशतले घट्दा २४८५–०९ विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यस दिन कुल २ सय ११ कम्पनीको १ करोड १७ लाख ७८ हजार ८ सय २० कित्ता शेयर ५ अर्ब रुपैयाँमा खरिदबिक्री भएको छ । यस दिन होटल तथा पर्यटन र जलविद्युत बाहेकका सबै समूह घटेका छन्। होटल तथा पर्यटन ५० र जलविद्युत १८ अंकले बढेका छन्। बैंकिङ १२, व्यापार १८१, विकास बैंक ५, फाइनान्स ३, निर्जीवन बीमा ८५, उत्पादन ८२, अन्य १७, माइक्रोफाइनान्स ५१, जीवन बीमा ३०६ र लगानी समूह १ अंकले घटेका छन्।
समग्र बजार घटे पनि तीन कम्पनीको मूल्य भने १० प्रतिशतले बढेको छ। चन्द्रागिरि हिल्स, नेपाल हाइड्रो डेभलपर्स र रैराङ हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ । कारोबार रकमका आधारमा यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक ्(निफ्रा) अग्रस्थानमा रहेको छ। बैंकको ४२ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य प्रतिकित्ता १० रुपैयाँले घटेर ५४२ रुपैयाँ कायम भएको छ। यस दिन नेशनल हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ५.५ प्रतिशतले घटेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij