
Jun 29 2025 | २०८२, असार १५ गते
काठमाडौं । भक्तपुरबाट ३८ वटा नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) सहित सिन्धुपालचोक साँगाचोकगडी नगरपालिका वडा नम्बर १२ घर भइ ठिमी बस्ने २८ वर्षीय आशिष गिरी पक्राउ परेका छन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले भक्तपुर ठिमी नगरपालिका–६ ठिमिबाट एक जनालाई पक्राउ गरेको हो। त्यस्तै उनीबाट ३८ वटा किर्ते सवारी चालक अनुमति पत्र र विभिन्न बैंकका चेक समेत बरामद गरेको महाशाखाले जनाएको छ। उनीमाथि थप अनुसन्धान गर्न महानगरीय प्रहरी वृत्त, ठिमीमा पठाइएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij