Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

इन्फ्रास्ट्रक्चर बैंक तेस्रो वर्षमा प्रवेश

इन्फ्रास्ट्रक्चर बैंक तेस्रो वर्षमा प्रवेश

  • काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)  विधिवत् सेवा सञ्चालनको दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । यो बैंकले २०७५ फागुन २२ गतेबाट औपचारिक रुपमा सेवा सुरु गरेको थियो । मुलुकको पूर्वाधारहरुका लागि आवश्यक वित्तीय स्रोत उपलब्ध गराउने लक्ष्यसहित सार्वजनिक–निजी साझेदारीको अवधारणामा यो बैंक स्थापना भएको हो । २० अर्ब चुक्ता पुँजीको यो बैंकमा संस्थापक समूहको १२ अर्ब र सर्वसाधारणको ८ अर्ब लगानी छ । बैंकले हालै सर्वसाधारणका लागि सेयर निष्कासन गरी चुक्ता पुँजी २० अर्ब पु¥याइसकेको छ । यसमा नेपाल सरकारको १० प्रतिशत लगानी छ । ५० प्रतिशत निजी क्षेत्रका प्रतिष्ठित व्यावसायिक घरानाहरु रको लगानी छ ।

    images
    images
    images

    यस बैंकमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, वाणिज्य बैंकहरु र बिमा कम्पनीहरु समेतको लगानी छ ।यसले स्वदेश र विदेशबाट स्रोतको व्यवस्था गरी पूर्वाधार परियोजनामा लगानी गर्छ । बैंकले आफ्नो अगुवाइ÷सह–अगुवाइमा जलविद्युत्, सिमेन्ट क्लिंकराइजेसन, सौर्य ऊर्जा लगायत परियोजनाका लागि कर्जा स्वीकृत  गरेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij