Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

शप्तकोशी डेभलपमेन्ट बैंकले लाभांश नदिने, मर्जरको जिम्मा संचालक समितिलाई

शप्तकोशी डेभलपमेन्ट बैंकले लाभांश नदिने, मर्जरको जिम्मा संचालक समितिलाई

  • काठमाडौँ । शप्तकोशी डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने भएको छ । बैंकको शुक्रबार संचालक समितिको बैठकले आर्थिक वर्ष ७६र७७ को मुनाफाबाट लाभांश वितरण नगर्ने प्रस्ताव सहित साधारणसभा आह्वान गरेको हो । कम्पनीले चैत्र २८ गते शनिवार साधारणसभा आह्वान गरेको छ । सभामा अध्यक्षको वार्षिक प्रतिवेदन पेश गरि पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन पेश गरि पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, सर्बसाधारण शेयरधनीको तर्फबाट १ जना महिला संचालकको नियुक्ति गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । 

    images
    images
    images

    त्यस्तै सभामा मर्जर तथा प्राप्तिमा जानको लागि आवश्यक पर्ने सम्पूर्ण निर्णय गर्ने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पेश हुने छ । 

    बैंकले साधारणसभा प्रयोजनको लागि चैत्र १५ देखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij