Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

वैदेशिक रोजगारी छाडेर च्याउखेतीमा ४० वर्षीय कृष्णप्रसाद

वैदेशिक रोजगारी छाडेर च्याउखेतीमा ४० वर्षीय कृष्णप्रसाद

  • काठमाडौं ।  पर्वतको फलेवास नगरपालिका–९ भंगरका ४० वर्षीय कृष्णप्रसाद सुवेदी डेढदशक अघि तीन वर्ष वैदेशिक रोजगारीमा मलेसिया गएका थिए । वैदेशिक रोजगारीले उहाँलाई स्वदेशमा नै केही गर्नुपर्छ भन्ने सिकायो । विदेशको अनुभव र भोगाइ बटुल्दै फर्केका सुवेदी त्यसपछि भने कहिल्यै विदेश जानुभएको छ । युवा बिदेसिने क्रम बढिरहेको अवस्थामा पर्वतका एक युवा भने व्यावसायिक च्याउखेती गर्दै अरूका लागि पनि अनुकरणीय बन्नुभएको छ । ‘मलेसियाबाट फर्केलगत्तै पोखराको मझेरी पाटनमा दुई रोपनी जग्गा लिएर शुरु गरेको च्याउखेतीले अन्ततः मलाई यसको व्यावसायिक खेतीतर्फ आकिर्षत ग¥यो’, उहाँले भन्नुभयो– ‘त्यसयताको १५ वर्षे समयावधिमध्ये विभिन्न स्थानका साथै पछिल्ला ६ वर्षको समय पोखरा महानगरपालिका–१९ चितेपानीमा च्याउखेती गरें ।’ यस वर्षदेखि पोखरा महानगरपालिका–३३ बागमारास्थित महाकाली चोकमा च्याउखेती शुरु गरेको उहाँले जानकारी दिनुभयो ।

    images
    images
    images

    व्यवसायबाट मासिक दुई लाखसम्म आम्दानी हुने गरेको जानकारी दिनुभयो । कोरोना अघिसम्म आफूले १६ जना व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिएको बताउँदै सुवेदीले अहिले चार जनालाई मात्र रोजगारी दिन सकेको बताउनुभयो । ‘पहिले न्यूनतम १०० ओटासम्म च्याउका टनेल बनाएका थियौं’, उहाँले भन्नुभयो– ‘प्रत्येक दिन ३ सय किलो च्याउ बजारमा पठाइन्थ्यो, अहिले १५ वटा मात्रै टनेल छन्, मुस्किलले दैनिक सय किलो निकाल्न पनि धौ–धौ छ ।’उहाँका अनुसार तामक्रमको सन्तुलन मिलाउन सकेमा च्याउखेती बाह्रैमहिना गर्न सकिन्छ । यसका लागि २० देखि २८ डिग्री सेन्टिग्रेड तापक्रम आवश्यक पर्दछ । सरकारले च्याउखेतीका लागि तापक्रम अनुकूलित टहरा बनाइदिने हो भने कृषकलाई ठूलै राहत मिल्ने उहाँको भनाइ छ । सुवेदीले हाल कन्ये र सिताके च्याउ लगाउनुभएको छ । बजारमा कन्ये च्याउ प्रतिकिलो २ सय रुपियाँ पर्छ भने सिताके च्याउ प्रतिकिलो ६ सय रुपियाँ पर्दछ ।

     राज्यका तर्फबाट कृषकलाई आकर्षित गर्ने किसिमका कार्यक्रम ल्याउनु आवश्यक भएको बताउँदै च्याउ सञ्जाल कास्कीका अध्यक्षसमेत रहनुभएका सुवेदीले व्यावसायिकताको विकासका लागि निरन्तरको क्रियाशीलता र लगाव आवश्यक हुने बतानुहुन्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij