
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई भेटी सुनचाँदी व्यवसायीले कच्चा सुनको आपूर्ति बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । माहासंघका अध्यक्ष माणिकरत्न शाक्यले बजारमा कच्चा सुनको चरम अभाव भएको उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न मन्त्री भट्टसँग आग्रह गरे । उनले सरकारले कोभिड–१९ का कारण भएको लकडाउनका क्रममा घटाएको कोटा अझै वृद्धि नगरेकोले अहिलेको समस्या आएको बताए ।
अहिले बजारमा दैनिक २५ देखि ३० किलोसम्म सुनको माग रहेकोले तत्कालका लागि सोही परिमाणमा सुन उपलब्ध गराउनुपर्ने माग महासंघको छ । पछिल्लो समय दैनिक १० किलो सुन आयात हुँदै आएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij