Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

सरकार र विप्लवबीच सहमति भएपछि नेप्सेमा हरियाली, एकैदिन ९० अंकको वृद्धि

सरकार र विप्लवबीच सहमति भएपछि नेप्सेमा हरियाली, एकैदिन ९० अंकको वृद्धि

  • काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच ३ बुँदै सहमतिमा हस्ताक्षर भएको दिन आज सेयर बजारमा हरियाली छाएको छ। नीति क्षेत्रले दुवै पक्षको वार्तालाई सकरात्मक भएको प्रतिक्रिया दिइरहँदा नेप्सेमा हरियाली देखिएको हो। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज अघिल्लो दिनभन्दा ९०.२७ अङ्क अर्थात् ३.७४ प्रतिशत परिवर्तन भएर नेप्से इन्डेक्स २५०६.२८ अङ्कमा बजार बन्द भएको छ।

    onlinepatrika
    Arghakhachi

    आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २५०७.०८७५ र कममा २४२२.४९७५ पुगेको थियो। आज नेप्सेका सबै उपसूचकहरुमा हरियाली छ। यसदिन चन्द्रागिरी हिल्स लिमिटेड लगायत १२ भन्दा बढी कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । आज १६६२२७.६३ कित्ता सेयरको ६०५८१०४३१६.७६ रुपैयाँ बराबरमा कारोबार भएर बजार बन्द भएको छ। नेप्सेमा सूचिकृत कूल २०६ कम्पनीको सेयर किनबेच भएको हो। आज नेपाल पूर्वाधार बैंक निफ्राको सेयर सर्वाधिक किनबेच भएको छ।

    AGNI GROUP

    यस्तै,क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्समा पनि १४.६७ अंकको वृद्धि भई ४५१.४६ अंकमा पुगेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij