Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

नेपाल महिला चेम्बरको 'क्यान्सर र कोभिड १९' विशेष अन्र्तक्रिया

'कोरोना खोपको मूल्य हुँदैन, यो सरकारले नै हेर्नुपर्छ' 

'कोरोना खोपको मूल्य हुँदैन, यो सरकारले नै हेर्नुपर्छ' 

  • महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको सभापतित्वमा आयोजित सो वेमिनार कार्यक्रममा प्रमुख वक्ताद्धय वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदिप श्रेष्ठ र चिकित्सा वैज्ञानिक डा. दिग्विजय राजा महतले प्रस्तुति दिएका थिए ।  

    काठमाडौं । कोरोनाविरुद्धको खोपको कुनै मूल्य नहुने र यो सरकारले नै जिम्मेवारी लिनुपर्ने डा. दिग्विजय राजा महतले बताएका छन् । नेपाल महिला चेम्बरले क्यान्सर र कोभिड १९ विषयक वेमिनार कार्यक्रममा डा दिग्विजय राजा महतले यसरी सरकारको ध्यानाकर्षण गराएका हुन् । महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको सभापतित्वमा आयोजित सो वेमिनार कार्यक्रममा प्रमुख वक्ताद्धय वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदिप श्रेष्ठ र चिकित्सा वैज्ञानिक डा. दिग्विजय राजा महतले प्रस्तुति दिएका थिए ।  

    महिला चेम्बरकी सदस्य सोनी जोशीले वक्ता डा. सुदिप श्रेष्ठको व्यक्तित्वबारे चर्चा गर्दै  चिकित्सा विज्ञान अन्तर्गत क्यान्सर उपचारको क्षेत्रमा उनको पृथक पहिचान रहेको भन्दै उनको विज्ञता, अनुभव र आवद्धता सम्बन्धमा प्रकाश पारेकी थिइन् । डा. श्रेष्ठले मेडिकल टिमसँग नियमित सम्पर्कमा रहन सुझाउदै ब्लड क्यान्सर, फोक्सो क्यान्सर, अंग प्रत्यारोपण, ब्लड प्रेसर, डायबिटिज, मुटु रोगीलगायतमा कोभिडको जोखिम बढी रहने बताए ।  

    महिला चेम्बरकी सदस्य सुनिता बाटाजुले कार्यक्रमका वक्ता चिकित्सा वैज्ञानिक एवम् अनुसन्धानदाता डा. दिग्विजय राजा महतको व्यक्तित्वबारे प्रकाश पार्दै उनी एक अब्बल अनुसन्धानकर्ता रहेको बताइन् । तनहुँमा जन्मिएर हु्र्किएका डा. महतको अनुसन्धानबाट क्यान्सर रोगको उपचार पद्धतिहरुको विकास भई अन्तर्राष्ट्रियस्तरमा चर्चा चुलिँदै गएको पनि उनले औल्याइन् । 

    कार्यक्रममा नेपाल महिला चेम्बरकी सचिव लिमा अधिकारीले सहजकर्ताको भूमिका निर्वाह गरेकी थिइन् भने उपाध्यक्ष सुषमा शर्माले स्वागत मन्तब्य दिइन् । महिला चेम्बरकी स्वास्थ्य संयोजक स्वरुपा श्रेष्ठले धन्यवाद मन्तब्य व्यक्त गर्दै वेमिनार निकै फलदायी हुने विश्वास व्यक्त गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij