Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

उपभोक्ता हित विपरितको काममा संलग्न ६५ वटा व्यावसायिक फर्मलाई कारबाही

उपभोक्ता हित विपरितको काममा संलग्न ६५ वटा व्यावसायिक फर्मलाई कारबाही

  • काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको उपत्यका बाहिरका पाँच कार्यालयले सात महिनामा एक सय ६५ वटा व्यावसायिक फर्मलाई कारबाही गरेको छ ।  आर्थिक जरिवानाबापत ४६ लाख २३ हजार रूपैयाँ राजश्व संकलन भएको पनि विभागले जनाएको छ । उपत्यकाबाहिरका पाँच जिल्लामा चालु आर्थिक वर्षमा उक्त कारबाही गरिएको र विभागका प्रवक्ता शिवराज सेडाइँले बताए ।मोरङका १२, पर्साका १०२, बाँकेका ९ र कैलालीका ४२ वटा कम्पनीलाई कारवाही गरिएको विभागले जनाएको छ । अनुगमनका क्रममा फेला परेका ४६ लाख २३ हजार रुपैयाँ बराबरको अखाद्य वस्तु नष्ट गरिएको, १० वटा फर्मको कारोबार रोक्का राखिएको र २७ वटा फर्म तथा कम्पनीलाई स्पष्टीकरण सोधिएको विभागले जनाएको छ ।

    images
    images
    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij