Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

हाउजे बाइकको सोरुम चावहिलमा खुल्दै

हाउजे बाइकको सोरुम चावहिलमा खुल्दै

  • काठमाडौँ । हाउजे बाइकको सोरुम काठमाडौंको चावहिलमा सञ्चालन हुने भएको छ। चिनियाँ मोटरसाइकल कम्पनी हाउजेको नेपालका लागि आधिकारिक वितरक कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले सोरुम सञ्चालनको तयारी गरेको हो।

    onlinepatrika
    Arghakhachi

    यसअघि कमलपोखरी, टेकु र नयाँ बजारमा सोरुम सञ्चालन गरेको कम्पनीले शुक्रवारदेखि चावहिलमा पनि सोरुम सञ्चालनको तयारी गरेको हो। उपत्यकाबाहिर चितवन, हेटौडा र संखुवासभामा यसको सोरुम रहेको छ। सुजुकीसँगको सहकार्यमा उत्पादन भएकाले अन्तर्राष्ट्रिय बजारमा हाउजे बाइकको तुलना सुजुकीसँग हुने बताइएको छ । कम्पनीको एनके १५० बाइक नेपाली बाटोलाई सुहाउँदो रहेको कम्पनीको दाबी छ। रोड र अफरोड दुवैका लागि यो बाइक राम्रो रहेको कम्पनीले बताएको छ। यसको मूल्य ३ लाख ९५ हजार रुपैयाँ तोकिएको छ।

    AGNI GROUP

    रेड, ब्ल्याक र ह्वाइट गरी तीन कलारमा बाइक उपलब्ध गराएको कम्पनीले टिआर १५० बाइक तथा भिएस १२५ स्कुटर पनि नेपाली बजारमा ल्याएको छ।


     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij