Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेप्से परिसूचक ५९ दशमलव ७० अंकले ओरालो 

नेप्से परिसूचक ५९ दशमलव ७० अंकले ओरालो 

  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अधिकांश समूहहरुको सबइन्डेक्स घटेर राताम्मे देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ५९ दशमलव ७० अंकले ओरालो लागेको छ । नेप्से परिसूचक ५९ दशमलव ७० अंकले घटेर २ हजार ४ सय ५५ दशमलव ३३ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ८० अंकले ओरालो लागेको छ । मंगलबार नेप्सेमा कारोबार हुने १३ सबइन्डेक्स मध्ये २ वटा भने बढेर हरियो देखिएका छन् । नेप्से परिसूचक ५९ अंक भन्दा धेरैले घट्दा पनि व्यापार समूहको सव इन्डेक्स ९ दशमलव १८ प्रतिशत अर्थात २७८ दशमलव ४९ अंकले बढेको छ ।

    images
    images
    images

    अर्को होटल एण्ड पर्यटन समूहको सवइन्डेक्स पनि ० दशमलवग ८ प्रतिशत अर्थात १६ दशमलव ८६ अंकल बढेको छ । यी दुई समूह बढेपनि अन्य सबै समूह घट्दा समग्रमा बजार घटेको छ । बैंकिङ समूहको सबइन्डेक्स २.५० अंकले घटेको छ भने विकास बैंक २.३३ र जलविद्युत २.०८ अंकले घटेको छ ।यसैगरी फाइनान्स १.९८, निर्जिवन बिमा २.६५, उत्पादनमूलक २.७६, लघुवित्त २.६१ र अन्य समूह २.१२ अंकले घटेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij