
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । छत्रकोट गाउँपालिका–४ दिगामका हुमनाथ पन्थले करिब आठ रोपनी जग्गामा उखु खेती गर्दै आएका छन्। उनले आठ वर्षदेखि हरि ओम केशर मिल सञ्चालन गरी हुँगा, थानापति, धरमपानी र दिगाम क्षेत्रमा उत्पादित उखु खरिद गर्दै आएका छन्। पन्थले वार्षिक करिब ५० लाख बराबरको उखु, खुदो र गुडको कारोबार गर्दै आएका छन्। जसबाट खर्च कटाएर सात देखि १० लाख रुपैयाँसम्म आम्दानी हुने उनले बताए। उनले उखु, खुदो र गुड बुटवल, नारायणगढ र पोखरासम्म बिक्री गर्दछन्।
खुदो प्रतिलिटर ११० देखि १२० रुपैयाँ, सादा गुड प्रतिलिटर १७० र मसलावाला गुडको २२० रुपैयाँमा बिक्री हुने गरेको हरिकला पन्थले जानकारी दिइन्। उनको उखु मिलमा तीनजना नियमित कामदार र आवश्यक पर्दा दैनिक ज्यालादारी कामदार समेत राख्ने गर्छन्। वडा नम्बर ४ का अध्यक्ष डिलाराम न्यौपानेले उखु किसान र फर्म तथा मिलहरुलाई आवश्यक सहयोग गर्ने बताए। केही समयअघि गाउँपालिकाले ड्रमलगायत केही उपकरणहरु ५० प्रतिशत अनुदानमा दिएको उनले बताए । सोही वडामा न्यौपाने कृषि तथा पशु फर्म दर्ता गरी नीलाकण्ठ नयौपानेले व्यावसायिकरुपमा खुदो, गुड उत्पादन गर्छन्। गुड र खुदोमा गुणस्तरता कायम गर्न तालिम आवश्यक भएको उनले बताए।
।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij