
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । सुनचाँदी व्यवसाय महासंघका अनुसार मंगलबार सुनचाँदीको मुल्यमा भारीगिरावट आएको छ । हिजो प्रतितोला ८८ हजार ७०० रुपैंयामा कारोबारब भएको सुनको मुल्य आज तोलामा १ हजार ७०० रुपैंयाले घटेर प्रतितोला ८७ हजारमा कारोबार भएको छ । तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ६५० रुपैंया कायम भएको छ । चाँदीको मुल्य पनि तोलामा ४० रुपैंयाले ओरालो लागेर प्रतितोला १२ सय ९० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १३ सय ३० रुपैंया रहेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij