Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

टेम्पोमा मेगा बैंकको क्यूआर कोड सुविधा

टेम्पोमा मेगा बैंकको क्यूआर कोड सुविधा

  • काठमाडौँ । मेगा बैंकले टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यू आर कोडबाटै भाडा तिर्न सकिने ब्यवस्था गरिएको छ । काठमाडौं उपत्यकासहित देशका बिभिन्न ठाउँमा संचालित टेम्पोमा मेगा बैंकले क्यूआरकोडबाटै भाडा तिर्न सकिने सेवा सुरु गरेको हो ।

    images
    images
    images

    डिजिटल बैंकिङ र नगदरहित कारोबारलाई प्रबद्र्दन गर्ने उद्देश्यले टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यूआर कोडमार्फत रकम भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको मेगा बैंकले जनाएको छ । काठमाडौं उपत्यकाका टेम्पो चालकहरुमार्फत शुभारम्भ गरिएको यो सेवा देशभर बिस्तार गरिने बैंकले जनाएको छ । 

    यसैगरी, टेम्पो चलाएर गुजारा चलाउँदै आएका महिलाहरुलाई आर्थिक उपार्जनमा थप टेवा मिलोस् भन्ने उद्देश्यले बैंकले यसअघि नै सहुलियत कर्जा सुविधाको ब्यवस्था गर्दै आएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij