
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । साताको पहिलो दिन आइतवार कारोबार शुरू भएको शुरूवाती समयमै शेयर बजारमा पहिरो गएको छ । अहिलेसम्म नेप्से परिसूचक ३५।४५ अंकले घट्दै २५१८।६८ विन्दुमा झरेको छ ।
नेप्से घट्दा चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्य सर्किट लेभलमा पुगेको छ । यस कम्पनीको शेयर मूल्य ९।८१ प्रतिशत बढ्दै ४ सय १४ रुपैयाँ पुगेको छ । नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को शेयर मूल्य २२ रुपैयाँ घट्दै ५ सय २१ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यस बैंकको शेयर मूल्य ५ सय ४३ रहेको थियो ।
अहिलेसम्म कुल १ सय ९१ कम्पनीको २६ लाख ७६ हजार २ सय २८ कित्ता शेयर खरिदबिक्री भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij