Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघबीच ऋण सहजीकरणमा सहकार्य गर्न सम्झौता

उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघबीच ऋण सहजीकरणमा सहकार्य गर्न सम्झौता

  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघका बीच लघु, घरेलु, साना तथा मझौला उद्यमहरू ९एसमएमईज० क्षेत्रमा सहज रुपमा कर्जा विस्तार गर्ने सम्झौता भएको छ । उक्त समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले हस्ताक्षर गरेका छन् ।

    images
    images
    images

    दुवै संस्था बीच भएको समझदारी अनुसार वाणिज्य बैंकहरू र एसमएमईजहरूका बीच कर्जा लगायत वित्तीय सेवा प्रवाहमा रहेका कठिनाई समेतका तथ्यलाई दृष्टिगत गर्दै संयुक्त पहलबाट नै उद्यमी, व्यवसायी एवं बैंकहरूका बीच हुने सेवा प्रवाहमा विश्वसनीय र जोखिमरहित व्यवसायिक वातावरण श्रृजना गर्न सहयोग पुग्ने भएको छ ।

    त्यस्तै,उद्यमी, व्यवसायी एवं बैंकहरूका हित प्रवर्द्धन गर्न आवश्यक कार्य गर्ने,एसमएमईजको क्षेत्रमा हुने सेवालाई प्रभावकारी बनाउन एवं सेवा सहजीकरण गर्न केन्द्रिय तथा प्रादेशिक तहमा संयुक्त कार्यदल गठन गर्ने र सो कार्यदलले वित्तीय सेवा प्रवाहको सहजीकरणको निमित्त आवश्यक नीतिगत सुझावहरू तर्जुमा गरी सम्बन्धित निकायमा समन्वय गरी कार्यान्वयनका लागि अनुरोध गर्ने लगायतका विषयमा सम्झौता भएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij