
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा २०० रुपैयाँ घटेर ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ९२ हजार २५० रुपैयाँमा कारोबार भएको छ ।
आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । साताको कारोबारको अन्तिम दिन शुक्रबार तोलामा १२१० रुपैयाँमा कारोबार भएको आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij