Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

शेयर बजार ४५ अङ्कले घट्यो, निफ्राको ९० करोड रुपैयाँको कारोबार

शेयर बजार ४५ अङ्कले घट्यो, निफ्राको ९० करोड रुपैयाँको कारोबार

  • काठमाण्डाै हप्ताको अन्तिम दिन बिहीवार शेयर बजार झण्डै ४५ अङ्कले घटेको छ । सबै समूहको शेयर ओरालो लागेपछि नेप्से ४४ दशमलव ९४ अङ्कले घटेर २५ सय ५४ दशमलव १४ विन्दुमा झरेको हो ।

    onlinepatrika
    Arghakhachi

    बिहीवार बैंकिङ समूहको शेयर साढे ३७ अङ्कले, व्यापारको ५५, होटलको १७, विकास बैंकको ४७, जलविद्युतको २७, फाइनान्सको २५, उत्पादनको ७२, अन्यको ३६, माइक्रोफाइनान्सको ६०, जीवन बीमाको दुई सय ९९ र निर्जीवन बीमा समूहको शेयर एक सय ७६ अङ्कले घटेको छ ।

    AGNI GROUP

    बिहीवार दुई सय ६ कम्पनीका एक करोड ५८ लाख ५६ हजार कित्ता शेयर ६ अर्ब नौ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भए । सबैभन्दा धेरै निफ्राको ९० करोड ३५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    श्री इन्भेस्टमेन्ट फाइनान्स र आईएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले पाँच प्रतिशतभन्दा धेरै गुमाएका छन् । समग्र बजार घटे पनि बिहीवार चन्द्रागिरि हिल्सका लगानीकर्ताले नौ प्रतिशतभन्दा धेरै कमाएका छन् ।   

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij