Logo

Jul 26 2026 | २०८३, साउन १० गते

Jul 26 2026 | २०८३, साउन १० गते

काठमाडौँको टेकुमा गोली चल्यो , एक भारतीय नागरिक घाइते

काठमाडौँको टेकुमा गोली चल्यो , एक भारतीय नागरिक घाइते

  • काठमाडौं । राजधानीको टेकुस्थित फोहरमैला संकलन केन्द्र नजिक आइतबार साँझ लागुऔषध नियन्त्रण ब्युरो (एनसीबी) को टोली र लागुऔषध कारोबारीबीच भएको झडपमा प्रहरीले गोली चलाएको छ। गोली लागेर एक भारतीय नागरिक घाइते भएका छन्।

    onlinepatrika
    Arghakhachi

    प्रहरीका अनुसार लागुऔषधको अवैध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा ब्युरोको टोली घटनास्थलमा पुगेको थियो। त्यसक्रममा प्रहरीमाथि आक्रमणको प्रयास भएपछि आत्मरक्षाका लागि गोली चलाइएको ब्युरोका एक उच्च अधिकारीले जानकारी दिएका छन्।

    AGNI GROUP

    गोली लागेर घाइते भएका भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल पठाएको छ। उनको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

    घटनामा घाइते भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनास्थलबाट लागुऔषध तथा अन्य प्रमाणहरू पनि बरामद भएको हुन सक्ने आशंकामा प्रहरीले खोजतलास जारी राखेको छ, यद्यपि बरामद सामग्रीबारे आधिकारिक विवरण आउन बाँकी छ।

    घटनापछि टेकु क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ। घटनास्थलमा थप प्रहरी परिचालन गरिएको छ भने पक्राउ परेका व्यक्तिमाथि लागुऔषध कारोबार, प्रहरीमाथि आक्रमणको प्रयासलगायतका विषयमा विस्तृत अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij