Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनसम्बन्धी आफ्नो औपचारिक दृष्टिकोण बिहीबार सार्वजनिक गर्दैछ ।
सभापति गगनकुमार थापाले संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण विषयमा पार्टीको अवधारणापत्र सार्वजनिक गर्न लागेका हुन् ।
दिउँसो ३ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा हुने कार्यक्रम कांग्रेसले अवधारणापत्र सार्वजनिक गर्नेछ ।
कांग्रेसले संविधान संशोधन अध्ययन तथा सुझाव पेस गर्न विज्ञ समिति गठन गरेको थियो । उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठित विज्ञ समिति सदस्यमा वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खड्का, उपेन्द्रकेशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सीताराम केसी, ललितकुमार बस्नेत तथा अधिवक्ताहरू रनबहादुर थेवे, शर्मिला श्रेष्ठ र झलमाया विक छन् ।
संविधान संसोधनको लागि बहसपत्र तयार गर्न सरकारले पनि प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा कार्यदल बनाएको थियो । सो कार्यदलमा कांग्रेसले आफ्नो सदस्य पठाएको छैन। कार्यदलमा रहेका नेकपा, जसपा र लोसपाले कार्यदल बाहिरिएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij