Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

‘आई लभ यु डिएगो’

‘आई लभ यु डिएगो’

  • काठमाडौं । ब्राजिली लिजेन्ड पेलेले अर्जेन्टिनी फुटबल डिएगो म्याराडोनाका नाममा  पत्र लेखेका छन् । राडोनाको निधन भएको ७ दिनपछि लेखेको पत्रमा पेलेले भनेका छन्, ‘आई लभ यु डिएगो ।’ यी दुई फुटबलरमध्ये को सर्वकालिन महान् भन्ने बहस धेरै अघिदेखि नै चल्दै आइरहेको छ । ६० वर्षको उमेरमा म्याराडोनाको गत साता निधन भएको थियो । सामाजिक सञ्जालमा पेलेले लेखका छन्, ‘तिमीले यो संसार छाडेको आज ७ दिन भयो । धेरै मानिसहरुले तिमी र मेरो तुलना गर्न मन पराए । तिमी प्रतिभाशाली थियौ, जसले विश्वलाई उज्यालो बनायो । आफ्नो खुट्टामा बल हुँदा जादुगर थियौं र, महान् थियौ । तर यी सबैभन्दा ठूलो मेरा लागि तिमी सधैँ महान् साथी थियौ । जोसँग ठूलो हृदय थियो ।’

    images
    images
    images

    पेलेले अगाडि लेखेका छन्, ‘आज मलाई लाग्छ, यदी हामीले एक–अर्काको तुलना कम र प्रशंसा धेरै गरेको भए, संसार अझै राम्रो हुने थियो । त्यसैले म भन्न चाहन्छु –तिमी अतुलनीय छौ । इमानदारीले तिम्रो बाटो चिनाएको थियो ।’

    उनले लेखेका छन्, ‘मेरा महान् साथी तिम्रो पूरा यात्राका लागि धेरै धन्यवाद छ । कुनै दिन स्वर्गमा हामी एउटै टोलीबाट खेल्नेछौँ ।’पेले र म्याराडोना फरक पुस्ताका फुटबलर हुन् । ब्राजिललाई पेलेले १९५८, १९६२ र १९७२ को विश्वकप जिताएका थिए । त्यस्तै, म्याराडोनाले अर्जेन्टिनालाई आफ्नै कप्तानीमा १९८६ को विश्वकप जिताएका थिए, उनले १९९० को विश्वकपमा पनि अर्जेन्टिनालाई फाइनलसम्म पु¥याएका थिए । दुईमध्ये को उत्कृष्ट भन्ने विवादका कारण यी दुई स्टारहरुले समय–समयमा एकअर्काका विरुद्ध टिप्पणी गर्ने गरेका थिए । 

    सन् २००० मा फिफाले शताब्दीको सर्वोत्कृष्ट खेलाडी चयनका लागि अनलाईन भोटिङ गर्दा म्याराडोनाको पक्षमा सर्वाधिक ५३ प्रतिशत मत आएको थियो । त्यसपछि फुटबल कमिटी समेत गठन गरेको त्यसको मतलाई पनि जोड्दै पेले र म्याराडोना दुबैलाई संयुक्त रुपमा सर्वोत्कृष्ट खेलाडीको अवार्ड दिइएको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij