Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

क्यानका पूर्वमहानिर्देशकलाई पुर्पक्ष थुनामा पठाउन आदेश

क्यानका पूर्वमहानिर्देशकलाई पुर्पक्ष थुनामा पठाउन आदेश

  • काठमाडौँ । विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।

    onlinepatrika
    Arghakhachi

    विशेष अदालतका सदस्य नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीराज श्रेष्ठको इजलासले पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो। विशेष अदालतले तत्कालीन महानिर्देशक गौतमले आफ्नो पदमा रहँदा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अनियमितता र हिनामिना भएको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो।

    AGNI GROUP

    विशेष अदालतको आदेशमा भनिएको छ, ‘प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुनेगरी हाललाई प्रस्तुत मुद्दा पुर्पक्षका लागि निज प्रतिवादी सञ्जीव गौतमलाई थुनुवा पुर्जी दिई थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाइदिनु।’

    गौतमलाई पोखरा क्षेत्रीय विमानस्थलको निर्माण आयोजनाका तत्कालीन निर्देशक प्रदीप अधिकारीले इपिसी कन्स्ट्र्याक्ट सम्झौतामा भएको २८ लाख अमेरिकी डलर खर्च नगरी स्वाभाविक रूपमा लागत बढाएर प्राधिकरणको थप ५० लाख ३४ लाख ४० हजार ६९६ रुपैयाँ रकम हिनामिना गरेको अभियोग लागेको थियो। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij