
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । विश्वभरका सेक्योरिटी कम्पनी रेड क्यानरीका शोधकर्ताहरुका अनुसार झण्डै ३० हजार म्याकमा रहस्यमय भाइरस छिरेको हो । शोधकर्ताका अनुसार सिल्भर स्प्यारोमा एप्पलको आफ्नै एम वान चिपमा प्रयोग हुने कोड रहेको हुन्छ ।
शोधकर्ताका अनुसार यो भाइरसले गत वर्षको अन्त्यतिरबाटै एप्पल कम्प्युटरमा आक्रमण सुरु गरेको हुनसक्छ र फेब्रुअरी १७ सम्ममा विश्वका १ सय ५३ देशका २९ हजार १३९ वटा म्याकमा आक्रमण गरिसकेको छ ।त्यसमध्ये अमेरिका, बेलायत, क्यानडा, फ्रान्स तथा जर्मनीमा संक्रमणदर उच्च देखिएको छ । यद्यपि विश्वभरमा प्रयोगमा रहेका दशौँ लाख म्याकको तुलनामा यो संख्या निकै कम हो । एजेन्सी
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij