
Apr 26 2025 | २०८२, वैशाख १३ गते
भक्तपुर । मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरस्थित बस स्टपबाट माइक्रोबस चढी रत्नपार्क जाने क्रममा गठ्ठाघर बस्ने २९ वर्षीय पुरुषको नगद ५० हजार रुपैयाँ पकेटमारी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं तिलगंगा बस्ने विकास राजबंशी र सिन्धुपाल्चोक बस्ने २७ वर्षीय सन्तोष लामा रहेका छन् । उक्त रकम पकेटमारी भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले लामाको साथबाट पकेट मारेको नगद ५० हजार रुपैयाँ सहित फेला पारी उनीहरुलाई कौशलटार बस स्टपबाट पक्राउ गरेको हो ।
उनीहरु उपर चोरीको कसुरमा थप अनुसन्धान तथा कारबाही भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij