Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखा परेका छन् ।
केन्द्रीय संगठन विभागको आयोजना गरेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुई दिने राष्ट्रिय कार्यशाला सहभागी भएका हुन् ।
प्रतिनिधिसभाको चुनावमा पराजित भएपछि ओली सार्वजनिक कार्यक्रममा सहभागी भएका थिएनन् । बालेन शाह नेतृत्वको सरकार गठनको भोलिपल्टै पक्राउ परे । रिहा भएपछि पत्थरी अपरेसन गरेर ओली घरमै आराम गरिरहेका थिए ।
पार्टीका सचिवालय बैठक र नेताहरूसँग संवादमा भने निरन्तर जोडिएका थिए ।
आजको कार्यक्रममा ओलीसहित पार्टीका पदाधिकारीहरू पनि सहभागी छन् । प्रधानमन्त्री वालेन्द्रले संसदको रोष्ट्रमबाट नेपाल-भारत सीमाबारे विवादित अभिव्यक्तिले राजनीति बहस गरमाएको बेला ओलीले के बोल्छन् भन्ने पनि चासो छ ।
एमालेको कार्यक्रमस्थलमा नेपालको चुच्चे नक्सा पनि राखिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij