
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । गत माघ १९ गते सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएपछि म्यानमारमा तनाव बढेको छ। यसैक्रममा म्यानमारमा भएको सैन्य कू का विरुद्ध देशका विभिन्न शहरहरुमा प्रदर्शनहरु भइरहेका छन् ।
सोमवार त्यहाँ सैन्य कूविरुद्ध आह्वान गरिएको हडतालको दिन प्रमुख शहरहरूमा हजारौँ मानिसहरूले सडकमा भेला भएर प्रदर्शन गरेका थिए । सैन्य कू विरुद्ध आइतवार भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीको कारबाहीमा परी २ सर्वसाधारणको मृत्यु भएको छ ।
सैन्य कू विरुद्धको आन्दोलनमा कारदारा एवम् व्यवसायीहरुको समेत सहभागिता रहेको कारण व्यापार( व्यवसायहरुमा प्रत्यक्ष असर परेको देखिन्छ । जसका कारण व्यापार व्यवसायहरु बन्द अवस्थामा रहेका छन् । विरोध प्रदर्शन चर्किएपछि सेनाले प्रदर्शनकारीहरुलाई द्वन्दको बाटोमा अघि बढे ज्यान जान सक्ने चेतावनी दिएको छ । तर प्रदर्शनकारीहरुले भने आफ्नो प्रदर्शनलाई झन व्यापक बनाउँदै लगाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij