Logo

Jul 28 2025 | २०८२, साउन १२ गते

Jul 28 2025 | २०८२, साउन १२ गते

पैदल हिँड्दै गरेकी महिलाको गलाको सिक्री थुत्ने व्यक्ति पक्राउ

पैदल हिँड्दै गरेकी महिलाको गलाको सिक्री थुत्ने व्यक्ति पक्राउ

  • काठमाडौं । पैदल हिँड्दै गरेकी महिलाको गलाको सिक्री थुतेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका–४ घर भइ कलंकी बस्दै आएका ३१ वर्षीय दीपेश लम्साल छन् ।

    images
    images
    images

    प्रहरी वृत्त कालिमाटीको टोलीले उनलाई कलंकीबाट पक्राउ गरेको हो । उनले ९ साउनको दिउँसो ४ बजेतिर काठमाडौं महानगरपालिका–१४ लामपाटीस्थित सडकमा हिँड्दै गरेकी ७३ वर्षीया रुकमिणी रायमाझीको गलाको सिक्री थुतेर फरार भएका थिए ।

    images

    उनको १ तोला २५.८ लालको सिक्री चोरी गरेर फरार भएका उनलाई सोही दिन दिउँसो साढे ५ बजेतिर प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध चोरीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij