Jun 28 2026 | २०८३, असार १४ गते
काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता आवेदन खुला गरेको छ। पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक तथा महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने निर्णय गरेको हो।
नेपालको संविधान,पार्टी विधान, नियमावली तथा अनुशासनको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाउने योग्यता पुगेका स्वदेश तथा विदेशमा रहेका नेपाली नागरिकलाई नयाँ क्रियाशील सदस्य बन्न आवेदन दिन सक्ने व्यवस्था गरेको कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए।
अब इच्छुक नेपाली नागरिकले नेपाली कांग्रेसको वेबसाइटमार्फत सहज र सरल रूपमा अनलाइन आवेदन फाराम भर्न सकिने जनाएको छ। कांग्रेसले सदस्यता अद्यावधिकको कामलाई पनि निरन्तरता दिइरहेको छ।
यही २१ गतेभित्रमा सदस्यता अद्यावधिकको काम सक्ने कांग्रेसले लक्ष्य राखेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij