Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

प्राइम कमर्शियल बैंकले फागुन १९ देखि ऋणपत्र निष्काशन गर्ने

प्राइम कमर्शियल बैंकले फागुन १९ देखि ऋणपत्र निष्काशन गर्ने

  • काठमाडौँ । प्राइम कमर्शियल बैंकले फागुन १९ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ ।  बैंकले  १ हजार अंकित दरका ३५ लाख  कित्ता बराबरको ३ अर्ब ५० करोड रकम बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो ।

    images
    images
    images

    जस मध्येबाट १ अर्ब ४० करोड बराबरको ऋणपत्र सर्बसाधारणको लागि निष्काशन हुने छ भने २अर्ब १० करोड बराबरको ऋणपत्र प्राइभेट प्लेसमेन्ट अन्तर्गत निजि तवरबाट बिक्रि हुने छ । सर्बसाधारणको लागि छुट्याईएको मध्येबाट ५० हजार कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको छ। ८ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ८।७५ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ ।

    ऋणपत्रमा आवेदन दिँदा न्युनतम २५ कित्ता र अधिकतम ५ लाख कित्ताको लागि आवेदन दिन सकिने छ  । आवेदन दिनको लागि छिटोमा फागुन २३ र त्यस समसम्म पर्याप्त आवेदन नपरेमा चैत्र ४ गतेसम्म आवेदन दिन सकिने छ । ऋणपत्र निष्काशनको लागि बैंकले आरबिबि मर्चेन्ट बैंकिंग बिक्रि प्रबन्धक रहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij