Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बाजुरामा भीरबाट लडेर दुई जनाको मृत्यु

बाजुरामा भीरबाट लडेर दुई जनाको मृत्यु

  • काठमाडौँ । बाजुरामा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको बडीमालिका नगरपालिकामा भीरबाट लडेर दुई जनाको मृत्यु भएको हो ।

    onlinepatrika
    Arghakhachi

    सोही नगरपालिका वडा नम्बर-१ पाटाका ६० वर्षीय मानबहादुर दानीको वनमा घाँस काट्न गएका बेला भिरबाट लडेर मृत्यु भएको हो । घाँस काट्न गएको बेला लडेका दानीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगनसिंह भाटले जानकारी दिए ।

    AGNI GROUP

    त्यस्तै बडीमालिका नगरपालिका वडा।नम्बर ६ कोर्धका बलबहादुर खड्काकी ६ वर्षीया जसना खड्काको समेत भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

    गाउँ नजिकैको वनमा आमासँग घाँस काट्न गएका बेला भीरबाट चिप्लिएर उनको मृत्यु जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

    साथै बडीमालिका नगरपालिका २ भौनेरामा ट्याक्टर दुर्घटना हुँदा चालक दिपेन्द्र चौधरी घाइते भएका छन् । उनको जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट