
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा भंग गरेर देशलाई अस्थिरतातिर धकेलेको र प्रतिगमनलाई सघाउन खोजेको भन्दै प्रचण्ड–माधव समूह निकट विद्यार्थीहरुले विरोध जनाएका छन् । विद्यार्थीहरुले नारायणहिटी संग्राहलय अगाडि ओलीको पुत्लामा बनाएर जुत्ता प्रहार गरेका छन् । प्रचण्ड–माधव समूह निकटको अनेरास्ववियूले गरेको उक्त विरोध प्रदर्शनले यतिबेला राजधानीको ट्राफिक अस्तव्यस्त बनेको छ ।
उनीहरुले ओलीको पुत्लालाई प्रतिगमनको प्रतिकका रुपमा देखाएका छन् । यसक्रममा विद्यार्थीहरुले प्रतिगमन मूर्दाबाद भन्दै नाराबाजी समेत गरेका थिए । विरोधका क्रममा अनेरास्ववियूका अध्यक्ष रञ्जित तामाङले ओलीको कदम प्रतिगमनतर्फ उन्मुख भन्दै प्रतिकात्मक रुपमा विरोध गर्न पुत्लामा जुत्ता प्रहार गरिएको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij