
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोमबार ५८ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज नेप्सेमा २ कम्पनीको गरि कुल ५८ लाख १६ हजार ३ सय ५६ दशमलव ४२ कित्ता शेयर सुचिकृत भएको हो ।
आज एभरेष्ट बैंकको ५ प्रतिशतले हुन आउने ४२ लाख ३५ हजार १ सय ३ दशमलव ४२ कित्ता बोनस शेयर र प्राइम लाइफ इन्स्योरेन्सको ७ प्रतिशतले हुन आउने १५ लाख ८१ हजार २ सय ५३ कित्ता शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij