Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

‘उद्यमीको हात, प्रदेश सरकारको साथ’

‘उद्यमीको हात, प्रदेश सरकारको साथ’

  • वाग्मती । वाग्मती प्रदेशले आर्थिक सम्वृद्धिका लागि उद्योगको विकास एवं संरक्षणमा जोड दिएको छ । उद्योगको विकास भएमा रोजगारीका साथै आर्थिक विकासमा सहयोग हुने विश्वास लिइएको छ । यसका लागि प्रदेशले उद्योगमा लगानी गर्न वातावरण बनाउन विभिन्न कार्यक्रम ल्याएको छ  ।

    images
    images
    images

    गत एक वर्षमा  घरेलु तथा साना उद्योग क्षेत्रमा रु २४  अर्ब १८ करोड  लगानीसमेत  भएको छ  । सोही अवधिमा दुई हजार ३९५ उद्यमी थपिएको बताइएको छ । प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत जिल्लामा रहेका घरेलु तथा साना उद्योग  कार्यालयमा दर्ता भएका उद्योद्वारा एक वर्षको अवधिमा २४ अर्ब भन्दा बढीको लगानी भएको छ ।  

    विगत  तीन वर्षका अवधिमा एक लाख ४० हजार २९५ साना घरेलु उद्योग दर्ता भएको मन्त्रालयको सूचना अधिकारी नवराज पुडासैनीले जानकारी दिनुभयो । सो अवधिमा १२ हजार ३२३  नयाँ वाणिज्य फर्म पनि दर्ता पनि भएको छ   ।  ‘उद्यमीको हात, प्रदेश सरकारको साथ’ भन्ने  सोचका साथ बेरोजगार युवा तथा विदेशबाट फर्किएका  जनशक्तिलाई लक्षित गरी उत्पादन वृद्धि,  रोजगारी सिर्जना र प्रविधि  हस्तान्तरण कार्यक्रम सञ्चालित छ । कार्यक्रम अन्तर्गत  एक हजार २९ प्रविधि हस्तान्तरण भएको उहाँले जानकारी दिनुभयो । 

    चौध साझा सुविधा केन्द्र तथा २१  बजार घर तथा बहुकृषि उपज केन्द्र स्थापना भएको छ । ‘एक निर्वाचन क्षेत्र, एक  उद्योगग्राम’ कार्यक्रम अन्तर्गत  पाँच स्थानमा उद्योग ग्राम निमार्ण प्रक्रिया शुरुआत भएको छ । 
    दश स्थानको वातावणीय  अध्ययन  सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।े  सिन्धुलीको  हरिहरपुरगढीमा  तीन हजार ६०० रोपनी  जमीनमा  प्रदेश औद्यौगिक क्षेत्र निर्माण  शुरुआत गरेको छ ।
     
    शहरी क्षेत्रमा ‘एक घर, दुई बिरुवा’ र ‘सबै स्थानीय तहमा एक वडा एक बगैँचा’ अभियान कार्यक्रम अन्तर्गत  शहरी क्षेत्रको सडक र नदी किनार क्षेत्रमा वृक्षरोपणसमेत  गरिएको बताइएको छ । साथै उक्त मन्त्रालयले ४५  महत्वपूर्ण  पदमार्गसमेत  निर्माण गरेको छ । 

    प्रदेशभरी करीब ४३ किलोमिटर  पर्यटनमैत्री पदमार्ग निर्माण भएको बताइएको छ । हटौँडाको मयुर धापमा  नयाँ औद्यौगिक क्षेत्र स्थापनाको कार्य पनि अगाडि बढाइएको हेटाँैडा औद्योथिक क्षेत्र व्यवस्थापनको कार्यालयका प्रमुख राजेन्द्र कँडेलले जानकारी दिनुभयो । उद्योग खालेर मात्र हुँदैन यसको दिगो सञ्चालन र व्यवस्थापल आवश्यक रहेको काष्ट उद्योगी रामपुकार ठाकुरले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij