Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

गोरखाको बारपाकमा एकै घरमा सुतेका तीन मृतावस्थामा

गोरखाको बारपाकमा एकै घरमा सुतेका तीन मृतावस्थामा

  • गोर्खा । एउटै घरमा सुतेका तीन जना  मृतावस्थामा भेटिएका छन् ।  बारापाक सुलिकोट गाउँपालिका–१ बारपाकस्थित धाँमी तोराङमा गएराति एउटै घरमा सुतेका एक पुरुष र दुई महिला  मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो । 
      
    उहाँका अनुसार मृतावस्थामा भेटिनेमा ८४ वर्षीय दिलबहादुर गुरुङ, उहाँकी बुहारी २२ वर्षीया आइतकुमारी गुरुङ र १३ वर्षीया नातिनी (छोरीकी छोरी) उषा गुरुङ रहेका छन्  । आज बिहान अबेरसम्म पनि घरको ढोका नखुलेपछि सँगैको छिमेकीले भित्र गएर हेर्दा तीनै जना मृतावस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 
      
    अहिले इलाका प्रहरी कार्यालय जौवारीका प्रहरी निरीक्षक ईश्वर लौडारीको नेतृत्वको टोली घटनास्थलतर्फ पठाइएको उपरीक्षक गुरुङले जानकारी दिनुभयो । घटनास्थलमा पुगेर थप अनुसन्धान नगरेसम्म घटनाका बारेमा थप केही बताउन नसक्ने उहाँको भनाइ छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij