Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पूर्वसूचना बिना सार्वजनिक गाडीको दर्ता रोक्दा लगानी जोखिममा पर्छ : चेम्बर

पूर्वसूचना बिना सार्वजनिक गाडीको दर्ता रोक्दा लगानी जोखिममा पर्छ : चेम्बर

  • काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले पूर्वसूचना बिना नै सवारी साधनको दर्ता रोक्दा लगानी जोखिममा पर्ने बताएको छ । अटोमोबाइल आयातकर्ता तथा व्यवसायीहरूसँग कुनै पूर्व सूचना, छलफल वा समन्वय नगरी हठात् रूपमा सार्वजनिक सवारी साधन दर्ता रोक्का गर्ने निर्णय गरिँदा लगानी जोखिममा परेको चेम्बरको भनाई छ ।

    onlinepatrika
    Arghakhachi

    चेम्बरले विज्ञप्ति जारी गर्दै भनेको छ- विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत ऋण लिएर प्रतितपत्र (एलसी) खोली आयात गरिएका सयौँ सवारी साधनहरू हाल भन्सार छुटेर दर्ता प्रक्रियामा रहेका, कतिपय भन्सारबाट छुट्ने क्रममा रहेका, कतिपय ट्रान्जिट प्रक्रियामा रहेका तथा कतिपय सवारी साधनहरू उत्पादक कम्पनीहरूबाट अर्डर अनुसार निर्माण तथा डिस्प्याच भइसकेका अवस्थामा छन् ।

    AGNI GROUP

    यी सवारी साधनहरू सार्वजनिक यातायात सेवाकै उद्देश्यले आयात गरिएका हुँदा अन्य क्षेत्रमा बिक्री वा प्रयोग हुने सम्भावना अत्यन्त न्यून छ । यस्तो अवस्थामा अचानक दर्ता रोक्का गरिँदा व्यवसायीहरू गम्भीर आर्थिक संकटमा पर्ने मात्र नभई अन्तर्राष्ट्रिय उत्पादक कम्पनीहरूसँग नेपाली व्यवसायीहरूको विश्वसनीयतामा समेत नकारात्मक असर पर्ने देखिन्छ । यसले नेपालको व्यावसायिक प्रतिष्ठा तथा अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्धमाथि समेत दीर्घकालीन प्रभाव पार्न सक्नेछ ।

    कोभिड–१९ महामारीको समयमा पनि नेपाल सरकारले अचानक सवारी साधन आयात रोक्का गर्दा नेपाली व्यवसायीहरूले अन्तर्राष्ट्रिय बजारमा ठूलो विश्वसनीयता गुमाएको चेम्बरले जनाएको छ । त्यसबेला धेरै अन्तर्राष्ट्रिय कम्पनीहरूले नेपालबाट आएका अर्डरहरू स्वीकार गर्न अस्वीकार गरेकाले यस क्षेत्रको विश्वसनीयतामा समेत असर परेको चेम्बरले जनाएको छ ।

    हाल पुनः यस्तै प्रकारको निर्णयले अन्तर्राष्ट्रिय उत्पादक कम्पनीहरूमाझ नेपालको व्यावसायिक वातावरणप्रति नकारात्मक सन्देश जाने जोखिम रहेको चेम्बरले जनाएको छ । यस निर्णयले सार्वजनिक यातायात सेवा, रोजगारी, अटोमोबाइल व्यवसाय, बैंकिङ क्षेत्रको लगानी तथा सरकारी राजस्व संकलनमा समेत प्रत्यक्ष असर पार्ने चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट