Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

रुबीना बनिन् ‘बिग बोस-१४’ को विजेता, हात पारिन् ३६ लाख भारु

रुबीना बनिन् ‘बिग बोस-१४’ को विजेता, हात पारिन् ३६ लाख भारु

  • काठमाडौं । भारतीय रियालिटी शो ‘बिग बोस-१४ औं’ संस्करणको उपाधि रुबीना दिलैकले हात पारेकी छिन् । टेलिभिजन अभिनेत्री रुबीनाले उपाधिसँगै ३६ लाख (भारु) नगद पुरस्कार जितेकी हुन् । रुबीनाले छोटी बहू, शक्ति सहितका टेलिभिजन सिरिजमा गरेको अभिनयका कारण चर्चामा थिइन् । राहुल वैद्य बिग बोसको यो सिजनको फस्ट रनर–अप बनेका छन् । उनी यसअघि इन्डियन आइडलको पहिलो सिजनमा पनि रनर–अप बनेका थिए ।

    images
    images
    images

    शो का सञ्चालक सलमान खानले आइतबार बेलुका विजेताको घोषणा गर्नु पूर्व फाइनलमा पुगेका सबै प्रतियोगीलाई १४ लाख भारु लिएर शो छोड्न सक्ने विकल्प दिएका थिए । राखी सावन्तले १४ लाख भारु लिएर शो छोडिन् । त्यसपछि उनले विजेताको घोषणा गरेका हुन् । खानले आउँदो ८ महिना भित्र अर्को सिजनका साथ फर्किने वाचासमेत गरेका छन् । एजेन्सी

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij