Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

यस्तो हुनेछ आजको देशको मौसम

यस्तो हुनेछ आजको देशको मौसम

  • काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणाली नभएकाले काठमाडौं उपत्यकासहित आज देशभरको मौसम सफा रहने छ । बिहानबाट नै मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज बिहान देशका केही पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images
    images
    images

    आज दिउँसो प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ भने राती पनि प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुमा नै आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    आज काठमाडौंको न्यूनतम तापक्रम ७.२ डिग्री सेल्सियस रहेकोमा दिउँसो बढेर २३ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाका मौसमविदले बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij