Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

संसारको अनौठो गाउँमा बलात्कार गर्ने अपराधीहरुलाई राख्न थालियो

संसारको अनौठो गाउँमा बलात्कार गर्ने अपराधीहरुलाई राख्न थालियो

  • काठमाडौं । संसारमा असंख्य गाउँहरु होलान् । तर एउटा गाउँ यस्तो छ, जहाँ सायद कोही मानिसलाई पाइला टेक्न मन लाग्ला । संसारकै सबैभन्दा अनौठो गाउँ मानिने यो गाउँमा अरु मानिस जान नचाहनुको कारण पनि निकै अनौठो छ । किनकी उक्त गाउँमा केवल बलात्कारी पुरुषहरु मात्र बस्दछन् । बलात्कार जस्तो निकृष्ट अपराधन गर्ने मानिसहरु बस्ने यो गाउँको आसपास समेत कुनैपनि मानिस जान चाहँदैनन् । गार्जियन पत्रिकाको रिपोर्ट अनुसार अमेरिकाको फ्लोरिडाबाट २ माइल टाढा पर्ने उक्त गाउँको नाम मिराकल गाउँ हो । उक्त गाउँमा २ सय मानिस बस्दछन् । र, गाउँमा बस्ने सबैजना मानिसहरु बलात्कारीहरु हुन् । सन् १९६० मा यो गाउँमा बस्ती बसालिएको हो । तर सन् २००९ देखि मात्र यो गाउँलाई बलात्कारी बस्ने गाउँमा रुपान्तरण गरिएको हो ।

    images
    images
    images

    सन् २००९ मा स्थानीय पादरी डिक विथ्रोले सो गाउँलाई यौन अपराधीहरुको गाउँका रुपमा परिवर्तन गरिद्यिए । उक्त गाउँमा बलात्कार गर्ने अपराधीहरुलाई राख्न थालियो । बाल यौन दूराचारदेखि लिएर आफ्नै प्रेमिका र अन्य महिलाको समेत बलात्कार गर्ने अपराधीहरु उक्त गाउँमा बस्दछन् । वास्वतमा यो गाउँ एक खालको जेल नै हो । यहाँ बलात्कारको अपराधमा जेल सजायँ पाएका अभियुक्तहरुले आफ्नो सजायँ काट्दछन् ।

    उसो त फ्लोरिडामा यौन अपराधको विरुद्धमा निके कडा नियम छ । यौन अपराधीहरुलाई कुनै स्कूल, पार्क, बस स्टप तथा आवासीय इलाकाहरुमा बस्ने अनुमति दिइँदैन । अर्थात् त्यस्ता दोषीहरुलाई सबैबाट टाढा बस्नु पर्दछ । त्यसैले सरकारले यौन अपराधीहरुलाई सुध्रिने अवसर प्रदान गर्न समेत यो गाउँमा बसोबासको अवसर प्रदान गरेको हो । यहाँ बस्ने मानिसहरुले आफ्नो पालनपोषण आफै गर्नु पर्दछ । त्यसैले उक्त गाउँमा बस्ने मानिसहरु अपराधी भएपनि आत्मनिर्भर छन् । रिसलाई नियन्त्रण गर्नका लागि बाइबल पढ्ने देखि विभिन्न खाले आत्मसंयमका कक्षाहरु त्यहाँ सञ्चालन गरिन्छ । मनोवैज्ञानिक उपचारको व्यवस्था पनि त्यहाँ गरिएको छ । साथै उनीहरुको गुजाराका लागि स्थानीय स्तरमा स साना जागिरसमेत उपलब्ध गराइएको छ । एजेन्सी

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij