
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । प्रजातन्त्रको दिवस कार्यक्रम सकिएपछि राष्ट्रपति भण्डारीको सवारी हिँड्यो । उपराष्ट्रपति पनि हिँड्ने सुरसारमा थिए । उपराष्ट्रपति बसिरहेको आसन नजिकै आएर प्रधानमन्त्रीले सबैले सुन्नेगरी असन्तुष्टि पोखेको र प्रतिशोध साँधेको उनीनिकट स्रोत बताउँछ । “उपराष्ट्रति समारोह सकेर हिँड्ने तयारी गर्दै हुनुहुन्थ्यो । प्रधानमन्त्रीले मञ्चमै आएर ‘राजनीतिक भाषण गर्दै हिँड्ने रु’ भनेर असन्तुष्टि राख्न थाल्नुभयो,” उनी निकट स्रोतले बाह्रखरीसँग भन्यो । प्रधानमन्त्रीले क्षुब्ध भावमा अभिव्यक्ति राखेपछि उपराष्ट्रपति असमञ्जसमा परेका थिए । उनले मैले त्यस्तो राजनीतिक भाषण गरेको छैन, म मैले बोलेका कुराहरू टेक्स्ट नै पठाउन सक्छु भनेका थिए ।
उपराष्ट्रपति पुनले पत्रकार महासंघको कार्यक्रममा के भने
देश अहिले राजनीतिक संकटको भुमरीमा छ । प्रतिनिधिसभा विघटन गरिएको छ । यसको विरोध र समर्थनमा प्रदर्शन भइरहेका छन् । नागरिकस्तरबाट गणतन्त्रको प्रस्ताव गर्ने पहिलो संस्था नेपाल पत्रकार महासंघको तर्फबाट तपाईंहरूले प्रतिनिधिसभा विघटन भएकै दिन यसलाई ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था र संविधानको संवैधानिक व्यवस्थाविरुद्ध’ भन्नुभएको छ ।
पूर्वप्रधानन्यायाधीशहरू, पूर्वन्यायाधीशहरू, संविधानविद्हरू, नागरिक समाज, प्रायः राजनीतिक पार्टीहरू, संघसंस्थाहरूका साथै अधिकांश तपाईं पत्रकार मित्रहरूले पनि प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनिरहनुभएको छ ।
नेपाली जनता राजनीतिक स्थायित्व, समृद्धि, विकास निर्माण, आर्थिक–सामाजिक जीवनमा परिवर्तनका साथै संविधानको पालन, संरक्षण र संविधानप्रदत्त अधिकार प्रयोग गर्न चाहन्छन् । प्रतिनिधिसभा विघटनपछि गहिरिँदो राजनीतिक संकटबाट जनतामा निराशा र आक्रोश छाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij