Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेप्सेमा उच्च अंकको गिरावट, ४ अर्ब ६६ करोडमाथिको कारोबार

नेप्सेमा उच्च अंकको गिरावट, ४ अर्ब ६६ करोडमाथिको कारोबार

  • काठमाडौं । साताको पहिलो कारोबार दिन उच्च अंकले बढेको सेयर बजार परिसूचक नेप्से दोस्रो कारोबार दिन मंगलबार उच्च अंकले घटेको छ ।

    onlinepatrika
    Arghakhachi

    मंगलबार नेप्से परिसूचक ३९.४४ अंक (१.४१ प्रतिशत) ले घटेर २,७४४.४० विन्दुमा पुगेर बजार बन्द भएको छ । जबकी हिजो नेप्से परिसूचक ३८.१९ अंक (१.३९ प्रतिशत) ले बढेर २,७८३.८५ विन्दुमा पुगेर बजार बन्द भएको थियो ।

    AGNI GROUP

    आज बजारमा कुल ३३८ कम्पनीका १ करोड ६ लाख ७८ हजार ५५० कित्ता सेयर ६२ हजार ५१२ पटकको कारोबार मार्फत खरिदबिक्री भएका छन् । जसअनुसार कुल ४ अर्ब ६६ करोड ५० लाख २० हजार ६७७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
    मंगलबार कारोबार भएका कम्पनीहरूमध्ये १३ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २५१ कम्पनीको सेयर मूल्य घटेको छ । यसबाहेक ५ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

    यस्तै, सर्वाधिक नाफा कमाउने पहिलो कम्पनीमा धौलागिरी लघुवित्त वित्तीय संस्था रहेको छ । जसको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यसैगरी बढी कमाउने कम्पनीमा क्रमशस् १०.७५ प्रतिशतको एसबीएल डिवेञ्चर २०८९, एनआईएमबीएल समृद्धि फण्ड २, ७ प्रतिशत एनआईसी एशिया डिवेञ्चर २०९१, ७ प्रतिशत नेपाल एसबीआई बैंक डिवेञ्चर २०९० रहेको छ ।

    अर्कोतर्फ, आज सर्वाधिक गुमाउने ५ कम्पनीमा फस्ट माइक्रोफाइनान्स लघुवित्त, कुमारी धनवृद्धि योजना, झापा ईनर्जी, आत्मनिर्भर लघुवित्त र होटल फरेस्ट रहेका छन् ।

    आज म्यूचुअल फण्डबाहेकका सबै उप समूहको सेयर घटेको नेप्सेको तथ्यांकले देखाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट