
Apr 24 2025 | २०८२, वैशाख ११ गते
ललितपुर । ललितपुरको गोदावारी विशंखुनारायण सामुदायिक वनमा साहसिक खेल डोरी चिप्लेटी ९जिपलाइन० सञ्चालनमा ल्याइएको छ । एकतर्फ ४ सय मिटर र अर्कोतर्फ ४ सय मिटर गरी कुल ८ सय मिटर रहेको डोरी चिप्लेटी संचालनमा ल्याइएको हो।
ललितपुरको सातदोबाटोबाट करिब ७ किलोमिटरको दुरीमा रहेको विशंखुनारायण वन क्षेत्रभित्र डोरी चिप्लेटी सञ्चालनमा ल्याइएपछि खेल खेल्न आउने आन्तरिक पर्यटक बढ्न थालेको सञ्चालक राजकुमार श्रेष्ठले बताए। डोरी चिप्लेटी खेल्न काठमाडौं, ललितपुर र भक्तपुरबाट पर्यटक पुग्ने गरेका छन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij