
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । बुटवलको शिर नुवाकोट गढीसम्म पुग्ने सिद्धार्थ केवलकारको शिलान्यास अर्थमन्त्री विष्णु पौडेलले आइतबार गरे । बुटवल तथा यस आसपासका ब्यवसायीको लगानी रहेको यो परियोजना १८ महिनाभित्र पूरा हुने लक्ष्य राखिएको सिद्वार्थ केवलकार प्रालिका अध्यक्ष राजेन्द्रसिंह गुरुङ्गले जानकारी दिए । करिव ८० करोडको लगानीमा निर्माण हुन गइरहेको यो केवलकारले बुटवलको पर्यटन ब्यवसायलाई गति दिने विश्वास कम्पनीको छ ।
अध्यक्ष गुरुङ्गका अनुसार यो केवलकारमा २५ वटा गण्डोल हुने र दैनिक ५ हजार ब्यक्तिलाई ओहोरदोहोर गराउन सकिने छ । पाल्पाको नुवाकोट टवलको वडा नं १ र १३ को शिवालिक चुरे श्रृखलाको पानी ढलको भूभाग हो । यो ऐतिहासिक र पुरातात्विक स्थल हो । नुवाकोटको पूर्वी भाग पाल्पाको दोभान क्षेत्र १ करोड १० लाख वर्ष पुरानो मानव पुर्खा रामापिथेकशको उद्गमस्थल हो । कर्णेल उजिर सिंह थापाले नुवाकोटगढीमा मोर्चावन्दी गरेर अंग्रेजलाई परास्त गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij