
Jul 28 2025 | २०८२, साउन १२ गते
काठमाडौं । भक्तपुर नगरपालिका–१ स्थित डा. इवामुरा अस्पताल अगाडिको सडकखण्डबाट आइतबार बिहान भारतको बेतियास्थित सिक्टा–१० बस्ने ४७ वर्षीय आनन्दराम चमारलाई लागूऔषधसहित नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए । शंकास्पद अवस्थामा सडकमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा उनको साथबाट ३ सय थान डाइजोपाम, ३ सय थान नोर्फिन र ३ सय थान फेनेरागन बरामद भएको उनले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij