Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । रोशी खोलाकोसाथ बढ्दै गएपछि विपी राजमार्ग पुर्णरुपमा बन्द गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार कुषादेवी क्षेत्रमा लगातार वर्षा भई रोशी खोलामा पानीको सतह बढ्न गएको हुनाले बीपी राजमार्गमा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालको लागि सवारी आवागमन पूर्ण रुपमा बन्द गरिएको हो ।
प्रहरीले खोलाको बहाव सामान्य भई सडकमार्गमा कुनै अवरोध नभएको अवस्थामा सडक सुचारु गरिने बताएको छ ।
बिपी राजमार्गका विभिन्न स्थानमा डाइभर्सनबाट सडक संचालन गरिएको हुनाले बर्षा शुरु हुनासाथ अवरुद्ध हुदै आएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij